कोरोना संक्रमण बढेको छ, स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नु : स्वास्थ्य मन्त्रालय

नेपालभ्युज

कोरोना संक्रमण बढेको छ, स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नु : स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतवार पछिल्लो समय कोरोना भाइरसको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारीले पछिल्लो समयमा कोरोना संक्रमण तिब्र रुपमा बढीरहेकाले कोरोनाबाट जोगिन अनिवार्य स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरे ।   सहायक प्रवक्ता अधिकारीले कोरोना संक्रमण अहिले दनिक ४० जना भन्दा बढीमा देखिरहेको भन्दै सबै सजग हुन आग्रह गरे।

उनले भीडभाडमा नजान र नगर्न, मास्क अनिवार्य प्रयोग गर्न र हातको सरसफाईमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएपनि चिकित्सकको आवश्यक सल्लाह लिएर मात्रै औषधि सेवन गर्न आग्रह गरे । उनले कोरोनाबाट बच्नको लागि कोभिड १९ विरुद्धको खोप समयमै लगाउन पनि आग्रह गरे।

‘संक्रमणको बढोत्तरी हुँदैछ, अहिले बढेर सरदरमा ४० भन्दा माथि देखिन्छ । यसरी हेर्दा देशभर सक्रिय संक्रमितहरु ३५० को हाराहारीमा हुनुहुन्छ । केही समयअघि थिएन भन्दा पनि हुन्छ । कोभिडसँग मिल्दोजुल्दो संख्या पनि अलिकति बढी हो की समुदायमा भन्ने देखिन्छ’ उनले भने, ‘समग्रमा पछिल्लो समय कोभिड पुष्टि हुनेको संख्या बढेर गएको छ । हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी भएकाले संक्रमण भएपनि त्यत्ति धेरै फैलिएको अवस्था छैन । कोभिड १९ विरुद्धको खोप लगाइसकेको भएकाले पनि रोग प्रतिरोधात्मक क्षमता बढीरहेको छ । त्यसले संक्रमण त्यत्ति धेरै समुदायसम्म पुगिसकेको छैन ।’

उनले पछिल्लो समय बढीरहेको कोरोना संक्रमणलाई मध्यनजर गरेर अस्पतालहरुलाई आवश्यक निर्देशन दिइसकेको पनि बताए । उनले सरकारले संक्रमणको चाप अनुसार स्वास्थ्य सेवा विस्तार गर्नेगरी निर्देशन दिइसकेको बताए । उनले कोभिड १९ विरुद्धको खोप नलगाएकाहरुले स्थानीय तहसँगको समन्वयमा खोप लगाउनसक्ने पनि बताए । उनले छिमेकी मुलुकहरुमा कोरोना संक्रमणको बढोत्तरी भइरहेकाले नेपालमा पनि आवश्यक शतर्कता अपनाउन जरुरी रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved