‘पुष्पा २’ को टिजर रिलिज, खतरनाक लुक्समा छन् अल्लु अर्जुन

सन् २०२३ कै बहुप्रतीक्षित फिल्मको सूचीमा राखिएको दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को तीन मिनेट लामो टिजर सार्वजनिक भएको छ। फिल्मको पहिलो भाग नेपाल र भारतसहित विश्वभर सुपरहिट भएको थियो। यसैले पनि धेरैको यस फिल्ममा चासो छ।

नेपालभ्युज

‘पुष्पा २’ को टिजर रिलिज, खतरनाक लुक्समा छन् अल्लु अर्जुन

काठमाडौं। सन् २०२३ कै बहुप्रतीक्षित फिल्मको सूचीमा राखिएको दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को तीन मिनेट लामो टिजर सार्वजनिक भएको छ। फिल्मको पहिलो भाग नेपाल र भारतसहित विश्वभर सुपरहिट भएको थियो। यसैले पनि धेरैको यस फिल्ममा चासो छ।

अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा प्रस्तुत गरिएको छ। उनलाई जंगलमा एक बाघसँग जम्काभेट भएको रुपमा देखाइएको छ।

फिल्म ‘पुष्पा २’ यसको शीर्ष चरित्र पुष्पा पात्र र खलपात्र भानवर सिंहबीचको लडाइँमा आधारित छ। यो ग्याङस्टर फिल्मले एक सामान्य व्यक्ति कसरी संघर्ष गरेर शक्तिको उचाइमा पुग्छ भन्ने कथा चित्रण गर्छ।

यो फिल्मले अल्लु अर्जुन र रश्मिका मन्दानालाई ग्लोबल स्टारको रुपमा स्थापित गर्न भूमिका खेलेको थियो। फिल्मको लेखन तथा निर्देशन सुकुमारको रहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved