ह्याम्स अस्पतालमा अवतरणको क्रममा हेलिकोप्टरको पंखा खस्यो, पाइलट सकुशल

नेपालभ्युज

ह्याम्स अस्पतालमा अवतरणको क्रममा हेलिकोप्टरको पंखा खस्यो, पाइलट सकुशल

काठमाडौं। काठमाडौंको ह्याम्स अस्पतालमा एयरनेस्टीको हेलिकोप्टर अवतरणको क्रममा दुर्घटना भएको छ ।

अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकोप्टरको पछाडिको पंखा खुस्किएको हो ।

हेलिकोप्टरको पंखा अस्पताल नजिकैको घरको छानामा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। हेलिकोप्टरमा रहेका पाइलट सकुशल रहेको र घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

हेलिकोप्टर डाक्टरको साथमा बिरामी लिनका लागि भरतपुर जान विमानस्थलबाट ह्याम्स अस्पताल पुगेको विमानस्थल स्रोतले जनाएको छ ।

हेलिकोप्टर अहिले अस्पतालको हेलिप्याडमा नै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved