आफ्नो ठाउँमा ज्वाइँलाई एसईई परीक्षा दिन लगाउने मेयरविरुद्ध पक्राउ पूर्जी

हुनसक्छ ६ महिना कैद र एक लाख जरिवाना

नक्कली परिक्षार्थी राखेर एसईई परिक्षा दिन लगाएको आरोप लागेका रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।

नेपालभ्युज

आफ्नो ठाउँमा ज्वाइँलाई एसईई परीक्षा दिन लगाउने मेयरविरुद्ध पक्राउ पूर्जी

काठमाडौंनक्कली परिक्षार्थी राखेर एसईई परिक्षा दिन लगाएको आरोप लागेका रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।

मेयर साहले आफ्नो परिक्षा अर्कै ब्यक्तिलाई दिन लगाएको र उनको सट्टामा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थीलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो। सोही आरोपमा शुक्रबार जिल्ला अदालतले मेयर साह कानुविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको हो। नक्कली परीक्षार्थी मेयर कानुका ज्वाइँ नाता पर्ने हुन्।

स्रोतका अनुसार प्रहरीले अनुसन्धान गर्ने क्रममा मेयर साह कानुको नाम आएकोले उनीमाथि पनि छानबिन गर्नु परेको भन्दै जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको हो। साह मेयर भन्दा पनि परिक्षार्थीको रुपमा देखिएकोले सोही बमोजिमको अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

नगरपालिकाका मेयरले आफ्नो एसईई परीक्षा ज्वाइँलाई दिन लगाएपछि…

कानुको सट्टामा एसईई दिँदै गरेको आरोपमा गरुडा नगरपालिका कै कमल साह पक्राउ परेका थिए। नातामा उनि मेयरको ज्वाई रहेको बुझिएको छ। मौलापुरको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा मेयरले आफ्नो सट्टामा कमललाई परीक्षा दिन लगाएको प्रहरीको भनाइ छ।

पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी भएको पनि खुलेको छ। साहले प्रहरी अनुसन्धानका क्रममा मेयर प्रेमलाल साहले नै आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरिसकेको पनि प्रहरीको दाबी छ।

परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा शुरुमा प्रहरीले बताएको थिएन।

मेयरले भरेको परीक्षा फर्म, रजिष्ट्रेशन तथा परीक्षाका अन्य कागजातमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved