नगरपालिकाका मेयरले आफ्नो एसईई परीक्षा ज्वाइँलाई दिन लगाएपछि…

नेपालभ्युज

नगरपालिकाका मेयरले आफ्नो एसईई परीक्षा ज्वाइँलाई दिन लगाएपछि…

काठमाडौं। रौतहटस्थित एक नगरपालिकाका मेयरको नामबाट एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिँदै गरेका गरुडा–६ पोठियाहीका कमल साह पक्राउ परेका हुन् । पक्राउ परेका साह मेयरका ज्वाइँ हुन्। मेयर रहेका ससुराका सट्टामा परीक्षा दिइरहेका ज्वाइँ भने पेशाले इन्जिनियर हुन् ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको स्रोतले जनाएको छ।

परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको छ । यसबारे प्रहरीले समेत केही बताउन चाहेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved