फिल्म ‘बहाव’को अफर : टिकट काट्दा थाइल्यान्ड भ्रमण !

नेपालभ्युज

फिल्म ‘बहाव’को अफर : टिकट काट्दा थाइल्यान्ड भ्रमण !

काठमाडौं।  फिल्म ‘बहाव’को टिकट काट्दा एक जोडी दर्शकले थाइल्यान्ड भ्रमण गर्न पाउने भएका छन् । निर्माण पक्षले  प्रदर्शनको मिति नजिकिँदै गर्दा अनौठो प्रचार शैली अपनाएको हो ।

चलचित्रको टिकट काट्ने एक जोडीले थाइल्यान्ड भ्रमण गर्न पाउने निर्माता श्रीधर पौडेलले बताए । थाइल्यान्ड भ्रमण गर्न पाउने जोडी गोला प्रथाबाट छनोट गरिने उनले बताए । ‘पुरस्कार जित्न योग्य हुनका निम्ति बहाव चलचित्रको टिकट खल्ती एप मार्फत काट्नुपर्ने  पौडेलले बताए ।

खल्तीकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले बहाव फिल्मको टिकट काट्दा खल्ती एप प्रयोगकर्ताको एकाउन्ट केवाईसी प्रमाणित भएको हुनुपर्ने बताइन् । साथै खल्ती एपबाट टिकट काट्दा प्रोमो कोड ‘बहाव’ प्रयोग गरेर १० प्रतिशतसम्म पैसा फिर्ता समेत प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

अभिनेत्री सुरक्षा पन्त अभिनीत चलचित्र ‘बहाव’ चैत २४ गतेदेखि प्रदर्शन हुँदैछ ।

उक्त प्याकेज प्राप्त गर्न लागि केही नियम र सर्तहरु राखिएका छन्-

–  विजेताले विजेता घोषणा भएको दुई हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ ।

– टुर प्याकेज घोषणाको मितिदेखि तीन महिनासम्म मात्र मान्य हुनेछ ।

– यो प्याकेज अरुलाई दिन योग्य हुने छैन । तर विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई नाता प्रमाणित हुने कागजपत्र देखाएर प्याकेजको लागि मनोनित गर्न सक्नेछ ।

– थाइल्यान्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेता स्वयंको हुनेछ ।

– भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र विजेता स्वयंले व्यहोर्नुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved