५ बुँदे सहमतिपछि मिटरब्याज पीडितको आन्दोलन फिर्ता

नेपालभ्युज

५ बुँदे सहमतिपछि मिटरब्याज पीडितको आन्दोलन फिर्ता
फाइल फोटो

काठमाडौँ । मिटरब्याज पीडितहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता गरेका छन् । सरकारले मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि उनीहरू आन्दोलन फिर्ता गर्न सहमत भएका हुन् ।

गृहमन्त्रालयमा शनिबार साँझ भएको वार्तामा सरकार र मिटरब्याजीबाट पीडितबीच पाँच बुँदे सहमति भएको छ । वार्तामा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । सरकारी वार्ता टोली र संघर्ष समितिबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved