बढ्न थाले कोरोना संक्रमित, शनिबार ३८ संक्रमित थपिए

नेपालभ्युज

बढ्न थाले कोरोना संक्रमित, शनिबार ३८ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ । शनिबार देशभर थप ३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६५६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार यो तीन दिनको एकमुष्ट तथ्यांक हो ।

यही समयावधिमा ७ जना संक्रमित निको भएका छन् । यसबीचमा थप ५१ हजार ९९८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved