कलेजोमा समस्या आयो भनेर शरीरले यसरी दिन्छ संकेत

नेपालभ्युज

कलेजोमा समस्या आयो भनेर शरीरले यसरी दिन्छ संकेत

एजेन्सी । हाम्रो छालाले पनि कैयौं पटक शरीरमा आउँदै गरेको समस्या बारे संकेत गरिरहेको हुन्छ । कतिपय रोग खासगरी छालाकै माध्यमबाट देखिने गर्दछन् ।

त्यस्तै एउटा हो कलेजोमा हुने रोग । छालाले कैयौं पटक संकेत दिन्छ कि कलेजोमा खराबी छ भनेर । कलेजो खराब भएको छ भनेर दिने एउटा संकेत रगतमा पित्त बन्नु पनि हो ।

यसो हुँदा छाला चिलाउन सुरु हुन्छ । जब पित्त बढ्दै जान्छ रगतको माध्यमबाट छालाको तल्लो हिस्सामा जम्मा हुन थाल्छ ।

छालामा देखिने कैयौं लक्षणमध्ये एक हो स्पाइडर एंजियोमास । यो सानो सानो कोषिका हो जुन माकुराको जालो जस्तो देखिन्छ । यो पनि छालाको तल्लो भागमा हुन्छ जब शरीरमा एस्ट्रोजनको मात्रा बढ्न थाल्छ त्यतिबेला यो पनि देखिन थाल्छ ।

कलेजोमा खराबी हुनुको एउटा पहिलो लक्षणमध्ये एउटा हो शरीरका विभिन्न भागमा निलो दाग देखिनु । यस्तो संकेतले तपाईंको लिभर (कलेजो) ठिक छैन भन्ने बुझिन्छ ।

यदि तपाईंको अनुहारमा अचानक धेरै दागधब्बा देखिन थाल्छ भने यो पनि कलेजोमा हुने खराबीको एउटा लक्षण हो । जब कलेजोले शरीरमा राम्रोसँग काम गर्दैन तब शरीरमा एस्ट्रोजनको मात्रा बढ्छ । जसले गर्दा अनुहारमा दाग देखिन थाल्छन् ।

कलेजोमा खराबी छ भनेर शरीरमा देखिने अर्को संकेत हो हातमा हुने रातोपन, हात पोल्ने तथा चिलाउने समस्या देखिन्छ । यो शरीरमा असन्तुलित हर्मोन लेवलका कारणले हुने गर्दछ ।

मुखबाट धेरै गन्ध आउने पनि कलेजोमा खराबी भएको संकेत हो । कलेजोको खराबीका कारण मुखबाट आउने दुर्गन्धलाई फेटोर हेपाटिकस भनिन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved