गर्मीमा देखिने स्वास्थ्य समस्या र बच्ने सही तरिका

नेपालभ्युज

गर्मीमा देखिने स्वास्थ्य समस्या र बच्ने सही तरिका

एजेन्सी । गर्मी मौसम आइसकेको छ । तापक्रम बढिरहेको छ । गर्मीमा हुने समस्याले स्वास्थ्यमा पनि असर गर्न सक्छ । तर गर्मीबाट बच्न विभिन्न उपाय अपनाउन सकिन्छ ।

आउनुहोस् जानौं गर्मी मौसममा हुने सामान्य स्वास्थ्य समस्या र तिनबाट बच्ने तरिका बारे –

१. डिहाइड्रेशन

गर्मी मौसममा डिहाइड्रेशन एउटा प्रमुख समस्या हुन सक्छ । जसले गर्दा तपाईंलाई थकान महसुस हुने, रिंगटा लाग्ने तथा अन्य लक्षण देखिन सक्छन् ।

बच्ने उपाय– डिहाइड्रेशनबाट बच्न दिनभर एकदम धेरै पानी पिउनुहोस् । साथमा अन्य झोलिलो पदार्थ पनि पिउनुहोस् । गर्मीमा धेरै मदिरा र क्याफिन लिनबाट बच्नुहोस् किनकी यो डिहाइड्रेशनको कारण पनि बन्न सक्छ ।  धेरै फलफूल तथा जुस सेवन गर्न सक्नुहुन्छ ।

२. हिट एग्जशन

लामो समयसम्म घाममा बस्ने तथा गर्मीको सम्पर्कमा रहँदा हिट एग्जशनको समस्या हुन सक्छ । जसले गर्दा टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी जस्तो हुने तथा मांशपेशीमा दुखाई हुने लक्षण देखिन सक्छ ।

बच्ने उपाय– यसबाट बच्नका लागि एकदमै घामको सिधा किरणमा नबस्ने । सकेसम्म चर्को घामको बेला बाहिर ननिस्कने । घाममा निस्कनु पर्दा अलि खुकुलो कपडा लगाउने तथा टोपी वा छाता ओढेर हिँड्नुहोस् ।

३. एलर्जी

गर्मीले शरीरमा एलर्जी आउने समस्या पनि देखिन सक्छ । शरीरमा पसिना आउने र त्यो सुक्ने हुँदा पनि एलर्जी आउन सक्छ । रुघाखोकी लाग्ने, आँखा चिलाउने जस्तो समस्या देखिन सक्छ ।

बच्ने उपाय– गर्मीको एलर्जीबाट बच्न घरका झ्याल तथा ढोका बन्द राख्नुहोस् । सरसफाईमा ध्यान दिनुहोस् । झ्याल ढोका निश्चित समय त्यसमा पनि साँझ बिहानको समयमा खोल्ने गर्नुपर्दछ ।

४. फुड प्वाइजनिंग

गर्मी मौसममा तापक्रम छिटो बढ्ने हुँदा खानामा ब्याक्टेरिया छिटो बढ्छन् जसले गर्दा फुड प्वाइजनिंगको समस्या देखिन्छ ।

बच्ने उपाय– फुड प्वाइजनिंगबाट बच्न खाना राम्रोसँग पकाउने र बाहिर धेरैबेर राख्नुहुँदैन । त्यसैले खाना चाहिने मात्रामा पकाउने र खाने गर्नुपर्दछ । सकेसम्म बासी नखाने । खानुभन्दा पहिले कुनै पनि फलफूल तथा तरकारी राम्रोसँग सफा गर्नुपर्दछ ।

५. सनबर्न

सनबर्नको कारणले छाला रातो हुने, पत्र निस्कने, दुख्ने जस्ता समस्या देखिन सक्छ । छालामा संक्रमणको खतरा पनि हुन्छ साथै छाला घामले जल्न सक्छ ।

बच्ने उपाय– यसबाट बच्न घाममा निस्कँदा सनस्क्रीन लगाउनुहोस्, चस्मा लगाउनुहोस् । शरीरलाई पूरै ढाक्ने खालको कपडा लगाउनुहोस् । त्यस्तै एकदमै चर्को घाममा निस्कनबाट सकेसम्म बच्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved