सिजेरियन डेलीवरी पछि के के खानु हुँदैन ?

नेपालभ्युज

सिजेरियन डेलीवरी पछि के के खानु हुँदैन ?

एजेन्सी । सिजेरियन डेलीवरी (अप्रेशन गरेर बच्चा जन्माउने प्रक्रिया) पछि महिलाहरुलाई रिकभर हुन केही समय लाग्छ । यस्तोमा स्वस्थकर खानपान एकदमै आवश्यक हुन्छ ।

आउनुहोस् जानौं अप्रेशन गरेर बच्चा जन्माएपछि खानपानमा कस्तो ख्याल गर्नुपर्ने हुन्छ । के के खानु हुँदैन भनेर यहाँ जान्ने प्रयास गरौं ।

 मसलादार खाना

एकदम धेरै मसलादार त कुनै पनि सुत्केरीले खानु हुँदैन । यस्तो अवस्थामा सिजेरियन डेलिवरी भएका महिलाले विशेष ध्यान दिनुपर्छ । धेरै मसलादार खानाले घाउ निको हुन समय लाग्न सक्छ तथा स्तनपान गरिरहेका बच्चालाई पनि बेफाइदा गर्छ ।

घ्यू

सिजेरियन डिलीवरीपछि घ्यू खानु पनि नोक्सानदायक हुन सक्छ । घ्यूमा धेरै फ्याट हुन्छ जसलाई पचाउन अलि गाह्रो हुन्छ । घ्यू खाँदा महिलाको तौल बढ्ने खतरा पनि हुन्छ ।

कफी

यस्तो बेला धेरै कफी पिउनु पनि हानिकारक हुन सक्छ । किनकी धेरै कफी पिउँदा क्याफिन शरीरमा धेरै हुन्छ जसले गर्दा निद्रा नलाग्ने समस्या देखिन सक्छ ।

जंक फुड

त्यसो त जंक फुड तथा चिसो पेय पदार्थले कसैलाई पनि फाइदा गर्दैन । यस्तोबेला सिजेरियनबाट बच्चा जन्माएका आमाहरुलाई रिकभर हुन यस्तो खानपिनले अझ गाह्रो बनाउन सक्छ । किनकी यस्तो खानपिनमा कुनै पनि राम्रो खालको पोषक तत्व पाइदैन साथै यसलाई शरीरले पचाउन सक्दैन ।

त्यसैले सिजेरियन डेलिवरी गरेर बच्चा जन्माएका आमाहरुले बच्चा र आफ्नो स्वास्थ्यको लागि विशेष ख्याल गर्नुपर्दछ । आराम गर्ने तथा झोलिलो चिजहरु धेरै खाने साथमा घरकै तथा लोकल उत्पादनहरुमा जोड दिनुपर्दछ । चिल्लो, पिरो तथा मसलाहरुको धेरै सेवन नगरेमा घाउ छिटै निको हुन्छ र शरीर छिटो फुर्तिलो र स्वस्थ बन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved