चैत ८ गतेलाई सर्‍यो राष्ट्रियसभाको बैठक

नेपालभ्युज

चैत ८ गतेलाई सर्‍यो राष्ट्रियसभाको बैठक

काठमाडौँ । सोमबारका लागि तोकिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ ।

राष्ट्रियसभाको सचिवालयले आज सूचना जारी गरी भोलि २९ गते सोमबार अपराह्न १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश आगामी चैत ८ गते बुधबार अपराह्न १ बजेका लागि तोकको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपदफा (३) बमोजिम सभाका अध्यक्षले कार्य व्यवस्था परामर्श समितिको परामर्शमा चैत २८ गते बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved