उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुन्छ : प्रधानमन्त्री

नेपालभ्युज

उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुन्छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुने बताएका छन् । बिहीवार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले स्थानीय तह, प्रदेश र संघसँगै राष्ट्रपतिको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको बताए ।

उनले अबको ध्यान सरकारलाई पूर्णता दिने हुने बताए । ‘स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन अब राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको निर्वाचन एउटा बाँकी छ । तर समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको छ’ उनले भने, ‘अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिने हुन्छ । उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार हुन्छ ।’

राष्ट्रपति निर्वाचनबाट आज नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved