प्रधानमन्त्रीलाई मुद्दा चलाउने कुरा गम्भीर हो : डा. भट्टराई

‘हामी अदालतको सम्मान गर्छौं। शान्ति सम्झौता संविधानकै एउटा अङ्ग हो। तर, त्यही शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउन पाइन्छ भन्ने भयो’ उनले भने–‘यो सामान्य होइन, यो गम्भीर छ।’

नेपालभ्युज

प्रधानमन्त्रीलाई मुद्दा चलाउने कुरा गम्भीर हो : डा. भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा चलाउने कुरा अत्यन्त गम्भीर भएको बताएका छन्।

पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै डा. भट्टराईले अदालतको सम्मान गर्दागर्दै शान्ति सम्झौता विपरीतका गतिविधि हुनु दुःखद् भएको समेत बताए।

‘हामी अदालतको सम्मान गर्छौं। शान्ति सम्झौता संविधानकै एउटा अङ्ग हो। तर, त्यही शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउन पाइन्छ भन्ने भयो’ उनले भने–‘यो सामान्य होइन, यो गम्भीर छ।’

उनले केही डलरवादीहरूले विभिन्न बहानामा मुद्दा हाल्ने र सर्वोच्चको ‘स्टे अर्डर’ माग्ने चलन आएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्नेसमेत बताए।

‘जबकि, ती कामहरू सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्छ, त्यसलाई किन सर्वोच्चतिर लाने ?’ उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved