झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या

नेपालभ्युज

झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या
सांकेतिक तस्वीर

रुपन्देही । रुपन्देहीको सैनामैनामा १४ वर्षीय एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको सैनामैना नगरपालिका–१० झिमझिमे बस्ने १४ वर्षीया सीता ज्ञवालीलाई स्थानीय झाँक्री महिला २२ वर्षीया सोनिया रेश्मीले शनिबार झारफुक गर्ने बहानामा कुटपिट गर्दा मृत्यु भएको थियो ।

कुटपिटबाट मृत्यु भएकी किशोरीको सोही राति नै दाहसंस्कार गरी सकिएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले अभियुक्त झाँक्री सोनियालाई पक्राउ गरिएको हो ।

पक्राउपछि आवश्यक अनुसन्धानपश्चात् रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved