माओवादी आन्दोलनका सबै नेता सँगै

प्रचण्ड, बाबुराम, वैद्य, विप्लव एउटै मञ्चमा

नेपालभ्युज

माओवादी आन्दोलनका सबै नेता सँगै

काठमाडौं। माओवादी जनयुद्धमा सँगै भएर पछि अलग अलग पार्टी सञ्चालन गर्दै आएका नेताहरू एउटै कार्यक्रममा सहभागी हुने भएका छन् ।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य पुराना नेताहरू सहभागी हुन लागेका हुन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा माओवादी बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत नेताहरु सहभागी हुने शहीद तथा बेपत्ता योद्धा सन्तती फाण्डेसनले जनाएको छ ।

२०४८ सालको एकता केन्द्रदेखि नेकपा माओवादी हुँदै ०५२ सालदेखि जनयुद्धमा सँगै रहेका माओवादी नेताहरू २०६९ देखि विभाजित छन्। डा. भट्टराईले ०७३ मा नयाँ शक्ति पार्टी गठन गरेका थिए । अहिले सबै नेतालाई एउटै पार्टीमा आबद्ध गराई माओवादी आन्दोलनका उपलब्धि रक्षाका लागि दबाब दिन कार्यकर्ता लागि परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved