त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा तिवारी

नेपालभ्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा तिवारी

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतावबाबु तिवारी तोकिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तिवारीलाई महाप्रबन्धकको जिम्मेवारी तोकेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । तिवारी यसअघि पनि विमानस्थलको महाप्रबन्धक भएका  थिए । क्यानमा उपमहानिर्देशकको जिम्मेवारीमा रहेका तिवारी क्यानको नागरिक उड्डयन प्रशिक्षणको प्रमुख थिए । प्रशिक्षण प्रमुखमा देवचन्द्रलाल कर्ण तोकिएका छन् ।

महाप्रबन्धक तिवारीले विमानस्थलको सेवालाई सुदृढ र प्रभावकारी बनाउन सक्रियतापूर्वक लाग्ने बताए ।

यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी हंशराज पाण्डेलाई दिइएको छ । उनि यसअघि एभिएशन सर्भिसेज निर्देशनालयमा उपमहानिर्देशकथिए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved