प्रदेश १ को नाम ‘कोशी’ प्रस्ताव गरेपछि विराटनगरमा निषेधाज्ञा

नेपालभ्युज

प्रदेश १ को नाम ‘कोशी’ प्रस्ताव गरेपछि विराटनगरमा निषेधाज्ञा

काठमाडौं। प्रदेशको नाम टुङ्गो नलागुञ्जेल भन्दै आज दिउँसो ३ बजेदखि जिल्ला प्रशासन कार्यालय, मोरङले विराटनगरमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रदेश नं १ को प्रदेशसभामा नामकरणको विषय कार्यसूचीभित्र रही छलफल हुने भएकोले नामाकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागुञ्जेलसम्मका लागि प्रदेश सभा आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ।

विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर नामको टुङ्गो नलागेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

नामाकरण भएपश्चात् पनि असहमत पक्ष विभिन्न राजनैतिक दल, समूह, जातीय संघ-संस्थाबाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न दिउँसो ३ बजेदेखि अर्को आदेश जारी नभएसम्म निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

प्रदेश १ को नाम ‘कोशी’ राख्न मुख्य दलहरू सहमत भएका छन्। नेकपा एकीकृत समाजवादी र जसपालगायत केही जातीय संगठनहरू भने प्रदेशको नाम कोशी मात्रै राख्न नहुने पक्षमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved