भ्रष्टाचारमा मतियार ठहर भएका टेकबहादुर गुरुङको सांसद पद के हुन्छ ?

विशेष अदालतले मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा मतियार ठहर गरेपछि संसद छिर्नबाट वञ्चित भएका छन्। उनको हकमा सजाय भने निर्धारण नभए पनि मतियार ठहर भएका कारण उनको निलम्बन अब निरन्तर हुनेछ।

नेपालभ्युज

भ्रष्टाचारमा मतियार ठहर भएका टेकबहादुर गुरुङको सांसद पद के हुन्छ ?

काठमाडौं। विशेष अदालतले मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा मतियार ठहर गरेपछि संसद छिर्नबाट वञ्चित भएका छन्। उनको हकमा सजाय भने निर्धारण नभए पनि मतियार ठहर भएका कारण उनको निलम्बन अब निरन्तर हुनेछ।

एमाले उम्मेदवार पोल्देन गुरुङलाई पराजित गर्दै निर्वाचित भए पनि भ्रष्टाचार मुद्दा अदालतमा विचाराधीन भएका कारण हालसम्म गुरुङले संसद् प्रवेश गर्न पाएका छैनन्। उनको संसद छिर्ने चाहना थप अवरुद्ध भएको छ।

निर्वाचन परिणाम सार्वजनिक भएर अन्य सांसदहरू संसदमा जनताका कुरा उठान गरिरहँदा गुरुङ भने अदालतमा मुद्दा लडिरहेका थिए। विशेष अदालतबाट सफाइ पाएर संसद् छिर्ने उनको योजनामा भए पनि अब ब्रेक लागेको हो।

भ्रष्टाचार मुद्दामा कांग्रेस सांसद गुरुङ दोषी ठहर

विशेष अदालतले सजाय फागुन २५ गते मात्र सजाय सुनाउने छ। गुरुङविरुद्ध अख्तियारले ३१ करोड बिगो दाबी गरे पनि सजाय तोक्न बाँकी छ। अख्तियारले मुद्दा दर्ता गरेपछि अदालतमा उपस्थित भएका गुरुङ २०७५ चैत्रमा साधारण तार]खेमा छुटेका थिए।

मुलुकी फौजदारी संहिता अनुसार मतियारलाई मूल अभियोग ठहर भएका दोषीको बढीमा आधा सजाय हुने उल्लेख छ। अर्थात् मुख्य अभियुक्तलाई जति वर्ष सजाय ठहर हुन्छ त्यसको आधा गुरुङलाई ठहर हुने छ।

प्रतिनिधि सभा नियमावलीमा विशेषबाट फैसला भएमा वा सर्वोच्चमा पुनरावेदन गरेमा के हुने भन्ने स्पष्ट उल्लेख गरेको छैन। गुरुङको हकमा पूर्ण पाठ सार्वजनिक भएपछि निलम्बन निरन्तरता हुने कानुनका जानकारहरू बताउँछन्।

कांग्रेस सांसद गुरुङ निलम्बित

कांग्रेस मनाङका जिल्ला सभापतिसमेत रहेका गुरुङविरुद्ध अख्तियारले भृकुटीमण्डपको जग्गा विवादमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते दायर गरेको उक्त मुद्दाका कारण संघीय सांसदको भूमिकामा उनी संसद् छिर्न पाएका छैनन्।

बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो। गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए।

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved