भ्रष्टाचार मुद्दामा कांग्रेस सांसद गुरुङ दोषी ठहर

नेपालभ्युज

भ्रष्टाचार मुद्दामा कांग्रेस सांसद गुरुङ दोषी ठहर

काठमाडौं।  भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् ।

भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएको मुद्दामा गुरुङलाई विशेष अदालतले मंगलबार दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङसहित ९ जना दोषी ठहर गरेको प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

उनीहरुको सजाय २५ फागुनमा तोकिनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साल माघ  २१ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved