मेरो पहिलो काम बृहत् नेपाली शब्दकोश परिमार्जन गर्नू हो : कुलपति राई

नेपालभ्युज

मेरो पहिलो काम बृहत् नेपाली शब्दकोश परिमार्जन गर्नू हो : कुलपति राई
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई। फाइल तस्वीर ।

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले आफ्नो पहिलो काम बृहत् नेपाली शब्दकोश परिमार्जन गर्नू भएको बताएका छन् ।

‘कुलपतिका रूपमा प्रज्ञा प्रतिष्ठानमा छु, मेरो पहिलो काम बृहत् नेपाली शब्दकोश परिमार्जन गर्नू हो,’ कुलपति राईले भनेका छन् ।

शनिवार साहित्यकार प्रगति राईद्वारा लिखित ‘थाङ्ग्रा’ उपन्यास विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले यस्तो बताएका हुन् । नेपाली बृहत् शब्दकोशले कतिपय शब्द, थरको शब्दको अर्थ समुदायलाई नै हियाउने खालको रहेको उल्लेख गर्दै भने, ‘परिमार्जन गर्ने भनेर त्यस्ता शब्दहरूको अर्थ, सुझाव संकलन कार्य सुरू गरेको छु । तपाईंहरूले पनि केही त्यस्तो शब्द वा कुनै समस्या भए सुझाव दिनुस् ।’

उनले कायस्थलगायतका समुदायबाट आफूलाई सुझाव आइसकेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved