प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान

निर्णयअनुसार गुणका सात वटै विमानले सोमबारदेखि नै उडान भर्न पाएका छैनन् ।

नेपालभ्युज

प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ ।

एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले   जानकारी दिए ।

उनले भने, ‘गुण एयरलाइन्सको आर्थिक व्यवस्थापकीय कमजोरी देखिएकोले कार्यरत कर्मचारीको मनोबल उच्च राख्न नसक्ने कारणले हवाई सुरक्षा जोखिमलाई मध्यनजर गरेर प्राधिकरणले कम्पनीका उडान रोक्का गर्ने निर्णय गरेको छ ।’

एयरलाइन्सले आर्थिकरूपमा सबल रहेको भनेर नआएसम्म पुनःउडान नहुने पनि प्रवक्ता निरौलाले स्पष्ट पारे । निर्णयअनुसार गुणका सात वटै विमानले सोमबारदेखि नै उडान भर्न पाएका छैनन् । रासस

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved