थुलुङ दुधकोशीले ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गर्ने

नेपालभ्युज

थुलुङ दुधकोशीले ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गर्ने

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गर्ने भएको छ ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार (आज) बसेको कार्यपालिका बैठकले हेरचाह केन्द्र बनाउने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीकाअनुसार हेरचाह केन्द्र निर्माणका लागि चालू आर्थिक वर्षदेखि नै सञ्चालन गर्नेगरी कार्यविधि निर्माण गरिनेछ ।

कार्यविधि निर्माणका लागि गाउँपालिका उपाध्यक्ष सविता राईको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । संयोजक राईले समितिले पाएको कार्यादेशअनुसार काम अगाडि बढाउने बताएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved