मुलुकमा वित्तीय संकट रहेको प्रधानमन्त्रीको ठहर, भन्छन्- हामीलाई असफल हुने छुट छैन

नेपालभ्युज

मुलुकमा वित्तीय संकट रहेको प्रधानमन्त्रीको ठहर, भन्छन्- हामीलाई असफल हुने छुट छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा वित्तीय संकट देखिएको र यसलाई समाधान गरी सुशासन कायम गर्न सरकार लागि परेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको १६औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताए । उनले बैंकको ब्याजदर वृद्धिका कारणले देखापरेका समस्या समाधान गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेर तत्काल व्यवसायीहरुलाई राहत दिनका निम्ति पहल भइरहेको बताए ।

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले लघु, घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरिरहेको उनले प्रष्ट पारे । । वित्तीय अस्थिरताका कारण बैंकको ब्याज वृद्धि हुन गई लघु, घरेलु तथा साना उद्योगीहरुलाई परेको समस्या तत्काल समाधान गर्न सरकारले विभिन्न उपायहरु खोजिरहेको प्रचण्डको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले लघु, घरेलु तथा साना उद्योगीले प्रयोग गरेको कर्जालाई नवीकरण गरी पुनः थप कर्जा प्राप्त गर्ने बनाउन पनि सरकार लागि रहेको जानकारी दिए । नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो, त्यसको खोजि गर्नु आवश्यक रहेको उनले उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved