यातायात व्यवसायीले उपत्यकामा गाडी चलाएनन्, सरकारसँग वार्ता हुँदै

सोमबार व्यवसायी र मजदुरले नयाँ बसपार्क क्षेत्रमा प्रहरी बिट र प्रहरीका गाडी चलाउने,  सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र केही व्यक्तिले त ल्होत्से मलका पसल समेत लुटपाट गरेका छन् ।

नेपालभ्युज

यातायात व्यवसायीले उपत्यकामा गाडी चलाएनन्, सरकारसँग वार्ता हुँदै

काठमाडौं। यातायात व्यवसायीले मंगलबार विहानैदेखि काठमाडौं उपत्यकाको सार्वजनिक यातायात  ठप्प पारेका छन् ।

ट्राफिक प्रहरीले जरिवाना बढाएको र पाँच पटक गल्ती गरेमा लाइसेन्स नै खारेज गर्ने नियमविरुद्ध सोमबार हिंसात्मक आन्दोलन गरेका व्यवसायीले मंगलबार उपत्यकामा गाडी चलाएका छैनन् ।

सोमबार व्यवसायी र मजदुरले नयाँ बसपार्क क्षेत्रमा प्रहरी बिट र प्रहरीका गाडी चलाउने,  सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र केहि व्यक्तिले त ल्होत्से मलका पसल समेत लुटपाट गरेका छन् ।

यसैबीच, सरकारले यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने भएको छ। उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सोमबार बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै वार्ताका लागि पहल गरेका हुन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मलित कार्यदल आइतबार गठन भइसकेको छ।कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको छ।

सोमबारको आन्दोलनको सन्दर्भ र त्यसको समाधानबारे वार्ता र छलफल गरी उचित निष्कर्ष निकाल्न उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार छलफलसमेत गर्ने भएका छन् ।

मन्त्री श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिलाई मंगलबार बिहान ९ बजे छलफलका लागि मन्त्रालयमा बोलाएका छन् ।  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved