क्यानको बैठक : सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने सहमति

बैठकको एजेण्डामध्ये सन्दीपको विषयमा छलफल हुँदा निलम्बन फुकुवा गर्ने  समझदारी भएको ति पदाधिकारीले बताए ।

नेपालभ्युज

क्यानको बैठक : सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने सहमति

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।

क्यानको पोखरामा जारी केन्द्रीय समितिको बैठकमा सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने समझदारी भएको एक पदाधिकारीले जानकारी दिए ।

बैठकको एजेण्डामध्ये सन्दीपको विषयमा छलफल हुँदा निलम्बन फुकुवा गर्ने  समझदारी भएको ति पदाधिकारीले बताए ।

बलात्कार मुद्दामा २० असोजमा पक्राउ गरेका सन्दिपलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

उच्च अदालत, पाटनले उनलाई २८ कात्तिकमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved