देशको अभिभावकीय संस्था ‘राष्ट्रपति’ का लागि राष्ट्रिय सहमति हुनु आवश्यक : डा. बाबुराम भट्टराई

नेपालभ्युज

देशको अभिभावकीय संस्था ‘राष्ट्रपति’ का लागि राष्ट्रिय सहमति हुनु आवश्यक : डा. बाबुराम भट्टराई
फाइल तस्वीर

गोरखा। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको अभिभावकीय संस्थाको नेतृत्वमा राष्ट्रिय सहमति हुनु आवश्यक बताएका छन् । उनले  राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने पात्र खोज्नुपर्ने बताएका हुन्।

शनिबार गोरखामा पत्रकारहरूसँग कुरा गर्दै उनले अस्थिर राजनीतिक परिवेशमा देशको अभिभावकीय संस्थाको नेतृत्वमा राष्ट्रिय सहमति हुनु आवश्यक रहेको बताए ।

‘सकेसम्म सरकार निर्माणलगायत सबै विषयमा यो पाँच वर्ष राष्ट्रिय सहमति गरेर जाऔं । नभए कमसेकम देशको अभिभावकको रूपमा परिकल्पना गरिएको राष्ट्रपतिचाहिँ सबैको सहमतिमा बनाऔं भन्ने बहस चलिरहेको छ । त्यसमा कहाँ गएर कुन व्यक्तित्वमा सहमति बन्छ अहिले भन्न सकिँदैन’ उनले भने ।

राष्ट्रपतिमा तपाईंको पनि नाम आएको छ नि भन्ने पत्रकारको प्रश्नमा भट्टराईले शुभेच्छुकहरूले नाम लिएको बताए । उनले भने,  ‘मलाई के लाग्छ भने शासकीय स्वरूप र निर्वाचन प्रणाली नबदलिएसम्म अस्थिरताको खतरा हुन्छ, त्यसैले राष्ट्रिय सहमतिका लागि निरन्तर पैरवी गरेको छु’ उनले भने, ‘सायद त्यसैमा आधारित भएर होला कतिपय शुभेच्छुकले पनि एउटा पात्र हुन सक्छु भन्ने चर्चा चलाउनुभएको छ, म आफैंले त्यसबारे बोल्नु समयभन्दा अगाडि हुन्छ ।’

अहिले पनि राष्ट्रिय राजनीतिमा अन्योल र अस्थिरताको संकेत मिलिरहेको भन्दै भट्टराईले त्यसलाई स्थिरतातर्फ ल्याउन राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved