हामी विशिष्ट अवस्थामा छौँ, अर्थतन्त्रका सूचक चिन्ताजनक छन् : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

हामी विशिष्ट अवस्थामा छौँ, अर्थतन्त्रका सूचक चिन्ताजनक छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको बताए ।

उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशिल बनाउने चुनौति रहेको बताए । प्रधानमन्त्री दाहालले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताए । उनले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शैय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल आफूले गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘अहिले हामी विशिष्ट अवस्थामा छौँ । आर्थिक रुपले परिसूचकहरु चिन्ताजनक छन् । यस्तो बेलामा मैले सरकारको नेतृत्व गर्ने अवसर पाएको छु,  यो चुनौतिको विषय बनेको छ ।’

सरकारको पहिलो बैठक बस्दा नै निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताउँदै उनले भने, ‘आगामी दिनमा तपाईहरुको सहकार्यबाट नै अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न ठूलो सहयोग मिल्नेछ ।’

उनले भने, ‘अहिले एकातिर निःशुल्क स्वास्थ्य सेवा दिने र स्तरीय स्वास्थ्य सेवा दिने झन्डै ३ सय बेडको अस्पताल बनाउने कुरा गर्नुभएको छ । सरकारको तर्फबाट जग्गा उपलब्ध गराउने कुरामा सरकारबाट पहल गर्ने विश्वास दिन चाहन्छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved