सन्दीपलाई छाड्ने आदेशविरुद्ध सर्वोच्च जाने तयारीमा सरकारी पक्ष

नेपालभ्युज

सन्दीपलाई छाड्ने आदेशविरुद्ध सर्वोच्च जाने तयारीमा सरकारी पक्ष
फाइल फोटो

काठमाडौं । जबरजस्ती करणी अभियोग लागेका क्रिकेटर  सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च अदालत जाने तयारीमा रहेको छ ।

लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा राख्न दिएको आदेश बदर गर्दै पुस २८ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको थियो।

उच्चको उक्त आदेश बेरीतको भएको भन्दै सरकारी पक्षले सर्वोच्चमा निवेदन दिने तयारी गरेको महान्यायाधीवक्ताको कार्यालयले जानकारी दिएको छ ।

यसका लागी उच्च सरकारी वकिलको कार्यालयले आवश्यक कागजात महान्यायाधीवक्ता कार्यालयमा पेश गरेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved