उपसभामुख पदको शोभा बढ्न इन्दिरा राना मगर निर्वाचित हुनुपर्छ : सोबिता गौतम

नेपालभ्युज

उपसभामुख पदको शोभा बढ्न इन्दिरा राना मगर निर्वाचित हुनुपर्छ  : सोबिता गौतम

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले आफ्नो पार्टीकी सांसद इन्दिरा रानामगरलाई उपसभामुखमा प्रस्ताव गरेकी छन् । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसद राना उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने बताइन् ।

‘माननीय इन्दिरा राना मगर उपसभामुखको कुर्सीमा बस्नु भनेको उहाँको योग्यताको मात्र कदर भएको होइन, बरु सम्मानित उपसभामुख पद पनि शोभायमान हुनु हो’ उनले भनिन् ।

इन्दिरा राना मगर संसदमा नयाँ अनुहार भए पनि समाज रुपान्तरणको अथक प्रयासपछि राजनीतिमा आएको व्यक्ति भएको सांसद गौतमले बताइन् । सांसद रानामगरले पदको उपसभामुख पदको जिम्मेवार कुशलतापूर्वक निर्वाह गर्न सक्ने पनि उनले बताइन् ।


Comment

One thought on “उपसभामुख पदको शोभा बढ्न इन्दिरा राना मगर निर्वाचित हुनुपर्छ : सोबिता गौतम

  1. अब हामी लाई बोली हैन काम गरे र देखाउनु होस हिजो हजुर हरु लाई भोट गर्न न चाहेका लाई काम गरेर देखाउन्स अनि जन्ता आई बल्ल भर हुन्छ अब यो देस हजुर हरु कोनै हात मा छ सोचुन नि यो हैछ देस बनाउन इवा हरु आई जिता नु को काणन तो हामी ले सोछे जती भय न भने हामी नै आन्दोल मा आउने छौ तेसो गर्न सायेस नपर्ला यो सात समुन्द्र पारी बाट येउटा देस लाई हिर्द्रय देखि माया गर्ने मान्छे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved