सेयर बजारमा ९.०१ अंकको गिरावट, कारोबार रकम बढ्यो

नेपालभ्युज

काठमाडौं। बुधबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ । लगातार बढ्दो अवस्थामा रहेको बजार परिसूचक गत साता बुधबार र बिहीबार दुई दिन घटेको थियो । मंगलबार ३२.७२ अंकले बढेको थियो । बुधबार पुनः नेप्सेमा ९.०१ अंकले गिरावट आएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने ५ अर्ब नजिक पुगेको छ । मंगलबार ४ अर्ब पनि नपुगेको कारोबार रकम बुधबार भने बढेको हो । आज १ करोड ३३ लाख ४ हजार १४० कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ४ अर्ब ९२ करोड ८७ लाख १५ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा विकास बैंक, हाइड्रोपावर र म्युचुअल फण्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ०.८४ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.४६ प्रतिशतले गिरावट भएको छ । यता निर्जीवन र जीवन बीमा उपसूचकमा १ प्रतिशत भन्दा माथिको गिरावट हुँदा बैंकिङ उपसूचक पनि ०.७२ प्रतिशतले गिरावट भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved