मधेसको सभामुखमा एमालेका मण्डल निर्वाचित

नेपालभ्युज

मधेसको सभामुखमा एमालेका मण्डल निर्वाचित

जनकपुरधाम । मधेस प्रदेश सभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । सभामुख चयनका लागि मंगलबार भएको निर्वाचनमा मण्डलले ७४ मत प्राप्त गरेका हुन् ।

१०७ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ५४ मत आवश्यक थियो ।

सत्ता गठबन्धनका दलहरू नेकपा एमालेका, जसपाका, जनमतका, लोसपाका, माओवादी केन्द्रका, राप्रपाका, नेपाल संघीय समाजवादीका र स्वतन्त्र सांसदको समर्थनमा मण्डल सभामुखमा निर्वाचित भए । विपक्षमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीले मतदान गरेका थिए ।

धनुषा निर्वाचन क्षेत्र नम्बर १(२) बाट प्रदेश सभा सदस्यमा उनी दोश्रो पटक निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जंगीलाल रायले २९ मत प्राप्त गरे ।

मंगलबार भएको निर्वाचनमा कुल सदस्यमध्ये १०३ जना मतदानमा सहभागी भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved