बागमतीको सभामुखमा राप्रपाका भुवन पाठक विजयी

बागमती प्रदेशको सभामुख पदका लागि शुक्रबार भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका भुवन पाठक विजयी भएका छन्।

नेपालभ्युज

बागमतीको सभामुखमा राप्रपाका भुवन पाठक विजयी

काठमाडौं। बागमती प्रदेशको सभामुख पदका लागि शुक्रबार भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका भुवन पाठक विजयी भएका छन्। ११० प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा आज १०९ जना उपस्थित रहेकामा उनले ६२ मत प्राप्त गरेका छन्।

११० प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा नेपाली कांग्रेसको ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना प्रदेश सभाका सदस्य छन् ।

सभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका भुवन पाठकसहित नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी नेमकिपाकी सृजना सायजुले उम्मेदवारी दर्ता गराएका थिए। विजयी पाठकले प्रदेश प्रमुखसँग शपथ पनि लिइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved