मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त

नेपालभ्युज

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त

जनकपुरधाम। मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख मिश्रले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

यसअघि, यादवले बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख मिश्रसमक्ष दाबी गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved