प्रचण्डले अपूर्व विश्वासको मत पाएपछि बाबुराम भन्छन्- राष्ट्रिय सहमतिको सरकार बनाऔं

 अध्यक्ष भट्टराईले ‘फूलको आँखामा फूलै संसार…’ गीतको उदाहरण दिँदै यस्तो अपूर्व विश्वासको मतलाई अनेक अर्थ लगाउन सकिए पनि अहिले कोही पनि प्रतिपक्ष नबनेर राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका छन्।

नेपालभ्युज

प्रचण्डले अपूर्व विश्वासको मत पाएपछि बाबुराम भन्छन्- राष्ट्रिय सहमतिको सरकार बनाऔं

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा अपूर्व  विश्वासको मत प्राप्त गरेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असाधारण अवस्थाले असाधारण कदम खोज्ने बताएका छन् ।

मंगलबार साँझ सामाजिक संजालमा सन्देशमार्फत् नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा‌. भट्टराईले यस्तो बताएका हुन् ।

अध्यक्ष भट्टराईले ‘फूलको आँखामा फूलै संसार…’ गीतको उदाहरण दिँदै यस्तो अपूर्व विश्वासको मतलाई अनेक अर्थ लगाउन सकिए पनि अहिले कोही पनि प्रतिपक्ष नबनेर राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका छन्।

‘फूलको आँखामा फूलै संसार…’ भनेझैँ प्रचण्ड सरकारले पाएको अपूर्व विश्वासको मतलाई अनेक अर्थ लगाउन सकिएला। तर यो प्रकृयाको एक अभियन्ताको नाताले मेरो विनम्र आग्रह छ’, डा. भट्टराईले भनेका छन्, ‘असाधारण अवस्थाले असाधारण कदम खोज्छ। अबको कदम राष्ट्रिय सहमतिको सरकार होस्! देश ठीक ट्र्याकमा आएपछि पक्ष–प्रतिपक्ष बनौँला,’ उनले सन्देशमा लेखेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved