कांग्रेस बैठक- प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने देउवाको प्रस्ताव

आफ्नै निवास धुम्बाराहीमा बसेकाे पार्टी पदाधिकारी बैठकमा देउवाले आज संसदमा प्रधानमन्त्रीको पक्षमा मत दिनुपर्ने प्रस्ताव गरेका हुन्। सभापति देउवाको प्रस्तावमा केही पदाधिकारीले आपत्ति जनाएका छन्। ‘आफ्नो नेतृत्वको गठबन्धन टुटिसकेपछि विश्वासको मत दिनु गम्भीर त्रुटि हुने भन्दै प्रस्तावको विपक्षमा मत राख्नुपर्ने’ धारणा राखेका एक पदाधिकारीले बताए।

नेपालभ्युज

कांग्रेस बैठक- प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने देउवाको प्रस्ताव

काठमाडौं। पार्टी पदाधिकारी बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका छन्।

आफ्नै निवास धुम्बाराहीमा बसेकाे पार्टी पदाधिकारी बैठकमा देउवाले आज संसदमा प्रधानमन्त्रीको पक्षमा मत दिनुपर्ने प्रस्ताव गरेका हुन्।

सभापति देउवाको प्रस्तावमा केही पदाधिकारीले आपत्ति जनाएका छन्। ‘आफ्नो नेतृत्वको गठबन्धन टुटिसकेपछि विश्वासको मत दिनु गम्भीर त्रुटि हुने भन्दै प्रस्तावको विपक्षमा मत राख्नुपर्ने’ धारणा राखेका एक पदाधिकारीले बताए।

देउवाले विश्वासको मत दिनैपर्ने अडान राखेपछि विपक्षमा उभिएका पदाधिकारीहरूले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय लिनुपर्ने प्रस्ताव राखेका छन्।

विश्वासको मतबारे छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

तर संसदमा विश्वासको मत लिने समय १ बजेलाई तोकिएको छ। तत्काल केन्द्रीय कार्यसमितिको बैठक बस्न सम्भव नभएपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।

अब कार्यसम्पादन समितिको बैठकमा यसबारे छलफल हुने छ। बैठकमा सभापति देउवाको प्रस्ताव पारित गर्ने र प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने सम्भावना रहेको एक जना पदाधिकारीले बताए।

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

विश्वासको मत नदिन महामन्त्रीको दबाब

सभापति देउवाले सरकारलाई विश्वासको मत दिने निर्णय गर्न लागेपछि युवा नेताहरूले विरोध जनाएका छन्। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतले विश्वासको मत दिन नहुने अडान लिएका छन्।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार साँझ सभापति देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए। त्यसलगत्तै देउवाले विश्वासको मत दिन नेताहरूसँग परामर्श गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved