विश्वासको मतबारे छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

नेपालभ्युज

विश्वासको मतबारे छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं। नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा एक मत नभएपछि कांग्रेसले कार्य सम्पादन समितिमा पनि छलफल गर्न लागेको हो ।

बिहान साढे ११ बजे कार्य सम्पादन समितिको बैठक बस्ने र त्यसको निर्णय अनुसार संसदीय दलको बैठकबाट विश्वासको मतबारे औपचारिक निर्णय लिने कांग्रेसका एक नेताले बताए ।

विश्वासको मतबारे आज बिहान कांग्रेस पदाधिकारीको बैठकमा पनि छलफल भएको छ । पदाधिकारी बैठक लम्बिएपछि संसदीय दलको बैठक पनि पछि धकेलिएको थियो ।

कांग्रेसको निर्णयलाई कुर्दै प्रतिनिधिसभाको बैठक पनि ११ बजेबाट १ बजेलाई सारिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved