महोत्तरीमा मिटरब्याजी माथि कारबाही गर्दै प्रशासन

नेपालभ्युज

महोत्तरीमा मिटरब्याजी माथि कारबाही गर्दै प्रशासन
फाइल तश्वीर

महोत्तरी। गृहमन्त्रीको निर्देशनपश्चात जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजीउपर धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयमा हालसम्म दुई सय ३४ मिटरब्याजीसम्बन्धी उजुरी परेको र प्राप्त उजुरीउपरको कारबाही प्रक्रिया द्रुतगतिका साथ अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।

उनले मिटरब्याजसम्बन्धी प्राप्त उजुरीसँग सम्बन्धित व्यक्तिलाई त्यस कार्यालयबाट पत्राचार गर्ने, बोलाउने तथा छलफल गराउने तथा छानबिन प्रक्रियाजस्ता काम–कारबाही अगाडि बढाइएको जानकारी दिए । उनले कार्यालयबाट ४९ जनालाई पत्राचार गरिसकिएको र चारवटा मुद्दामा सहमति भएको बताए ।

त्यस्तै प्राप्त उजुरीमध्ये ३६ मुद्दा प्रक्रियामा अदालतमा गइसकेको र पाँच उजुरीको मुद्दा अदालतमा चलिरहेको अवस्थामा रहेको उनले बताए । बाँकी उजुरीउपर कार्यालयले दुवै पक्ष विपक्षलाई बोलाएर धमाधम काम अगाडि बढाइरहेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved