‘लूज फोरम’मार्फत पार्टी एकतालाई तीव्रता दिँदै नेसपा !

'राजनीतिक समितिको बैठक बस्दै'

सहअध्यक्ष श्रेष्ठले अग्रगामी, प्रगतिशील, वामपन्थी र कम्युनिष्ट विचारधाराका दलहरूसँग एकताका लागि नेसपा सधैँ सकारात्मक रहेको बताए ।

नेपालभ्युज

‘लूज फोरम’मार्फत पार्टी एकतालाई तीव्रता दिँदै नेसपा !

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने भएको छ ।

यसको विस्तृत छलफलका लागि नेसपाको राजनीतिक समितिको पहिलो बैठक पुस २४ गते काठमाडौंमा बस्दैछ । उक्त बैठकमा यसबारे विस्तृतरूपमा छलफल हुने नेसपा सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । उनकाअनुसार यसबाहेक बैठकका एजेन्डाहरूमा निर्वाचनको समीक्षा र आगामी कार्ययोजनासमेत छन् ।

कुन मोडालिटीबाट एकता प्रक्रियालाई तीव्रता दिने भन्नेबारे बैठकमा थप छलफल हुने उनले बताए । तर, ‘लूज फोरम’ मार्फत अगाडि बढ्ने सम्भावना बढी रहेको  सहअध्यक्ष श्रेष्ठको भनाइ छ । ‘विचार र सिद्धान्त मिल्ने दलहरूसँग पार्टी एकता गर्ने विषयमा बैठकमै विस्तृत छलफल हुन्छ,’ उनले भने ।

फोरममा समाजवादी कार्यक्रम मान्ने सबै दलहरूको सहभागिता रहने उनले बताए । ‘माओवादी केन्द्रसँग मात्रै नभएर समाजवादी कार्यक्रम मान्ने सबै दलहरूका लागि बाटो खुल्ला हुनेछ । समाजवादी शक्तिहरूको सहभागितामा नयाँ शक्ति निर्माणको पक्रिया थाल्ने प्रयास हाम्रो हुनेछ,’ उनले भने ।

सहअध्यक्ष श्रेष्ठले अग्रगामी, प्रगतिशील, वामपन्थी र कम्युनिष्ट विचारधाराका दलहरूसँग एकताका लागि नेसपा सधैँ सकारात्मक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved