चलचित्र निर्माता संघले डाक्यो राष्ट्रिय भेला

नेपालभ्युज

चलचित्र निर्माता संघले डाक्यो राष्ट्रिय भेला

काठमाडौं। चलचित्र निर्माता संघले पुस २९ गते काठमाडौंमा राष्ट्रिय भेला डाकेको छ । आफ्ना मागबारे दबाब दिन संघले चलचित्र विकास बोर्डको हलमा देशभरका झण्डै ३०० जना फिल्म निर्माता भेला भएर आफूहरुका पेसागत समस्या राख्ने भएका हुन् ।

यस्तै वार्ताका लागि चलचित्र विकास बोर्ड, चलचित्र संघ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्ना माग पेस गर्ने तयारी छ । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले भेलाका सुझावलाई समेटेर बोर्ड र चलचित्र संघसँग वार्ता गर्ने बताए ।

अध्यक्ष खड्काले राष्ट्रिय भेलामा फिल्म हलसँगका कुरा, निर्माताले पाउनुपर्ने ‘पर्सेन्टेज’ कम भएको, ट्रेलर बजाएको पैसा, सर्भरको चार्ज, बक्स अफिस पारदर्शी नभएको, सर्भर डाउनको बहानामा निर्माताले हिसाब नपाएको जस्ता कुरामाथि छलफल हुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved