कर्णाली प्रदेशसभाको पहिलो बैठक सम्पन्न, कसले के भने ?

नेपालभ्युज

कर्णाली प्रदेशसभाको पहिलो बैठक सम्पन्न, कसले के भने ?

सुर्खेत। कर्णाली प्रदेशसभाको पहिलो बैठक सम्पन्न भएको छ । कर्णाली प्रदेशसभाको पहिलो बैठक पुसको २५ गते सोमबार बस्ने गरी सम्पन्न भएको हो । कर्णाली प्रदेशसभाको बैठकमा कर्णालीको विकास, राजनीतिक बहस र राजा पृथ्वीनारायण शाहले गरेको एकीकरणका विषयमा चर्चा भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली ऐन कानुन राम्रा बनाउनुपर्ने अवस्था आएको बताए । ‘अहिले आएका सांसदहरूले जनताका पक्षका काम गर्न आवश्यक रहेको छ ।’ उनले भने,‘कर्णाली पछाडी पर्यो भनेर भन्नु पर्ने अवस्था आउन दिनु हुँदैन् । धेरै अनुभव बटुलेर आएका सांसदहरूले कर्णालीको समृद्धिका लागि काम गर्नेछन् ।’

नेकपा (एमाले)का संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीको विकास लागि सबैले लाग्नुपर्ने अवस्था आएको बताए । ‘प्रतिकूल राजनीतिक दबाब र चौतर्फी नाकाबन्दीका बीच एमालेलाई जनताले मत दिएका छन् ।’ उनले भने,‘त्यो मतलाई गुम्न दिन छैनौँ ।’

माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले जनताप्रति उत्तरदायी हुने व्यवस्था रहेको यही नै लोकतन्त्रको यही सुन्दर पक्ष रहेको बताए । ‘हाम्रो साझा शत्रु भनेको गरिबी हो ।’ उनले भने, ‘भनिन्छ कर्णाली सुन डल्लो हो । यो सुन डल्लोलाई कालीगढ चाहिएको छ । त्यही कालीगढ बन्नु छ । त्यो सक्छौ कि सक्दैनौं ।’

राप्रपा नेपालका सन्तोषी शाही उनले नेपालका राजा तथा सम्झिइन् । ‘बडा महाराजधिराज पृथ्वीनारायण शाह, भक्ति थापा, राणा शासन अन्त्य गर्ने शहीद महान् रहेका छन् ।’ उनले भनिन्,‘माओवादी, राजनीतिक दल र राजाबीच सम्झौता भएको थियो । तर, गणतन्त्र, धर्मनिरपेक्षता संघीयता कहाँबाट आयो ?’

एकीकृत समाजवादीका सांसद कल्याणी खड्काले जनताको माग सम्बोधन गर्नेभन्दा पदका लागि जता पनि लाग्ने प्रवृत्ति हाबी हुँदै गएको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved