राहुल गान्धीले बिहेका लागि खोजे यस्तो गुण भएकी महिला

लामो पैदल यात्रापछि दिल्लीमा थकाई मारिरहेका गान्धीको बिहे सम्बन्धी चर्चाले भारतीय संचारमाध्यममा केही समयका लागि खुराक प्राप्त भएको छ । 

नेपालभ्युज

राहुल गान्धीले बिहेका लागि खोजे यस्तो गुण भएकी महिला

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष तथा लोकसभा सदस्य राहुल गान्धीले एक अन्तर्वार्ताको क्रममा आफ्नी हजूर आमा इन्दिरा गान्धी र आमा सोनिया गान्धी जस्तै गुण भएकी महिला पाए बिहे गर्ने इच्छा व्यक्त गरेका छन । ५२ वर्षीय राहुल गान्धी अविवाहित छन ।

उनकी हजूरआमा इन्दिरा गान्धी सन् १९६६ देखि सन् १९७७ र सन् १९८० देखि १९८४ सम्म दुई पटक गरि करिब १५ बर्ष भारतको प्रधानमन्त्री भएकी थिइन । सन् १९८४ मा प्रधानमन्त्री पदमा बहाल रहेकै अवस्थामा आफ्नै अंगरक्षकबाट उनको हत्या भएको थियो ।

अन्तर्वार्ताकारले राहुल गान्धीले– के आफ्नी हजुर आमा इन्दिराजस्तै गुण भएकी महिला पाए बिहे गर्नु हुन्छ ? भनेर सोधेका थिए । जवाफमा राहुलले–‘हजुरआमा इन्दिरा र आमा सोनियाको जस्तो गुण भएकी महिला पाए बिहे गर्छु’ भनेर उत्तर दिए ।

उनकी आमा सोनिया गान्धी भने करिब २२ बर्ष भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष भएर पनि प्रधानमन्त्री भइनन् । सोनिया उत्तर प्रदेशको रायबरेली निर्वाचन क्षेत्रबाट सन् २००४ यता सबै लोकसभा चुनावमा जित्दै आएकी छन । इटालीमा जन्मिएकी हुँदा जनचाहना र विपक्षीको विरोधलाई दृष्टिगत गरी उनी प्रधानमन्त्री भने भइनन्।

राहुल गान्धी भारतीय राष्ट्रिय कांग्रेसको नेता अध्यक्ष बन्ने गान्धी परिवारको पाँचौ पुस्ताका छैठौं नेता हुन । जवाहरलाल नेहरुका पिता मोतीलाल नेहरुबाट यो क्रम सुरुवात भएको थियो । राहुल गान्धीका जिजुबाजे जवाहरलाल नेहरु भारतीय स्वतन्त्रता संग्रामका योद्धा तथा भारतको पहिलो प्रधानमन्त्री थिए ।

अन्तवार्ताको क्रममा राहुले भने–‘म यस्ती महिला चाहन्छु, जसमा इन्दिरा–सोनिया दुवैका गुण हुन् । त्यसो भए झन राम्रो हुन्थ्यो । सोनियाजीले मलाई जुन प्रेम दिनु भो, म अहिले त्यही प्रेम देशमा बाँडिरहेको छु।’

राहुल यतिखेर भारत जोडो यात्राको क्रममा नयाँ दिल्ली आइपुगेका छन् । सेप्टेम्बर ७ बाट उनले यो यात्रा तमिलनाडुको कन्याकुमारीबाट सुरु गरेका थिए । १५० दिनमा ३५७० किमी पैदल यात्रा गर्ने राहुलको योजना छ ।

त्यसमध्ये १०७ दिनमा ३००० किमी यात्रा उनले पूरा गरिसकेका छन् । अहिले उनी दिल्लीमा ९ दिनको विश्राममा छन्।

अन्तवार्ताका क्रममा उनले आफ्ना पिता राजिव गान्धीको पनि स्मरण गर्दै भनेका छन्–‘मेरो पिता पाइलट हुनुहुन्थ्यो । भन्नु हुन्थ्यो, पाइलटले जहाज उडाउँने हो, जहाजले पाइलटलाई उडाउनु हुँदैन । उडेर मात्र हुँदैन । उत्रिने ठाउँको पनि हेक्का हुनु पर्दछ । उडेको जाहजले उत्रिने ठाउँ देख्दैन, पाइलटले देख्ने हो । हिजो म उचाइमा थिएँ, आज सडकमा छु ।’

यसअघि बिबाहबारे राहुल मौन रहँदै आएका थिए । उनले बिहे गर्न ढिलो गर्दा नेहरु–गान्धी परिवारको भबिष्य र उत्तराधिकारबारे अनेक चर्चा हुने गरेका छन् । राहुल गान्धीको प्रेम सम्बन्धबारे विभिन्न समय विभिन्न अड्कल र चर्चा हुने गरेका छन् ।

एक मेक्सिकन युुवतिसँग उनको प्रेम रहेको हल्ला केही वर्ष चलेको थियो । तर, यस्ता सबै हल्लाबारे गान्धी मौन रहँदै आएका थिए । लामो पैदल यात्रापछि दिल्लीमा थकाई मारिरहेका गान्धीको बिहे सम्बन्धी चर्चाले भारतीय संचारमाध्यममा केही समयका लागि खुराक प्राप्त भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved