स्वतन्त्र सांसद माओवादीमा प्रवेश, मधेसमा माओवादीका सांसद ९ पुगे

नेपालभ्युज

स्वतन्त्र सांसद माओवादीमा प्रवेश, मधेसमा माओवादीका सांसद ९ पुगे

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराएका हुन् ।

उनलाई प्रचण्डले पार्टीमा स्वागत गरेको मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री समेत रहेका नवनिर्वाचित सांसद भरत प्रसाद साहले जानकारी दिए ।

मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved