अर्थमन्त्रीसँग वार्तापछि पूर्वका उद्योगी व्यवसायीले गरे आन्दोलन स्थगित

नेपालभ्युज

अर्थमन्त्रीसँग वार्तापछि पूर्वका उद्योगी व्यवसायीले गरे आन्दोलन स्थगित

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग वार्ता भएपछि पूर्वका उद्योगी तथा व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

बुधवार अर्थमन्त्रीसँगको वार्तापछि पत्रकार सम्मलेन गर्दै ६ वटा वाणिज्यसंघहरुले वार्तामा भएको सहमति कार्यान्वयन हुने अपेक्षामा आन्दोलनका कार्यक्रम स्थगित भएको जनाएका हुन् । उद्योग वाणिज्य महासंघका वस्तुगत संघहरु विगत एक महिनादेखि महँगो ब्याजदर र चालु पुँजी कर्जा मार्गदर्शनको बिरूद्ध आन्दोलनरत थिए । तर नयाँ सरकार गठनभएसँगै अर्थ मन्त्रालय जिम्मेवारी लिएका अर्थमन्त्री पौडेलले आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेका थिए ।

व्यवसायीहरुले सरकारले पुस २७ गतेसम्म आवश्यक मागहरु सम्बोधन नगरेको खण्डमा पुनः आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने समेत जनाएका छन् । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले अर्थमन्त्रीबाट व्यवसायीका समस्याप्रति सरकार, अर्थ मन्त्रालय गम्भीर रहेको र सरकारले छिटो भन्दा छिटो समस्या समाधानका लागि प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त भएकाले आफूहरुले आन्दोलन स्थगित गरेको बताए ।

उनले वार्तामा पौष २८ गतेभित्र व्याज भुक्तानी तिर्ने समय थप गर्ने, र पुनःकर्जा क्रमिकता दिन छिट्टै निर्णय हुने प्रतिबद्धता व्यक्त भएको पनि बताए । उनले अर्थमन्त्रीसँगको वार्तासँगै सबै बिरोध कार्यक्रम स्थगित गर्ने निर्णय भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved