आरआर क्याम्पसमा भएको झडपमा खुकुरी प्रहार, ४ जना पक्राउ

नेपालभ्युज

आरआर क्याम्पसमा भएको झडपमा खुकुरी प्रहार, ४ जना पक्राउ

काठमाडौं। प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा खुकुरी प्रहार भएको छ । क्याम्पसमा खुकुरी हानाहान गरेपछि प्रहरीले आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप हुँदा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन् ।

क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अनेरास्ववियु नेता समीप बडाल पक्षधरको बीचमा झडप भएको क्याम्पस ईकाइमा आबद्ध विद्यार्थीले बताएका छन् ।

खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको प्रहरले जनाएको छ । पक्राउ पर्नेमा कृष्ण गिरि, झलक तामाङ, द्रूतराज लामा र सविन निरौला छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved