अतिरिक्त स्वास्थ्य सचिवमा तीन जनाको नाम सिफारिस

नेपालभ्युज

अतिरिक्त स्वास्थ्य सचिवमा तीन जनाको नाम सिफारिस

काठमाडौं । स्वास्थ्य मन्त्रालयको बढुवा समितिले अतिरिक्त स्वास्थ्य सचिवमा तीन जनाको नाम सिफारिस गरेको छ । बिहिवार बसेको समितिको बैठकले स्वास्थ्य समूहको अधिकृत १२ औँ तहमा तीन जनाको नाम सिफारिस गरेको हो ।

बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा श्रीकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटा र प्रदेश अस्पताल भद्रपुरका डा टंक बराकोटीको नाम सिफारिस गरेको छ ।

समितिले एक नम्बरमा डा श्रेष्ठ, दुई नम्बरमा डा देवकोटा र तीन नम्बरमा डा बराकोटीको नाम सिपारिस गरेको हो । समितिको सिफारिस पछि अव बस्ने मन्त्रिपरिषदको बैठकले तीन जनामध्येबाट दुई जनालाई अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा गर्नेछ ।

दुई पद रिक्त रहेकोमा अतिरिक्त स्वास्थ्य सचिवका लागि २१ जनाले व्यक्तिगत विवरण बुझाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved