नयाँ सरकार गठनको संघारमा माधव नेपाल अस्पताल भर्ना

सत्ता गठबन्धनले नयाँ सरकार गठनको लागि तयारी तीव्र पारिरहेकै बेलामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।

नेपालभ्युज

नयाँ सरकार गठनको संघारमा माधव नेपाल अस्पताल भर्ना
फाइल तस्वीर । नेपालभ्यूज ।

काठमाडौं। सत्ता गठबन्धनले नयाँ सरकार गठनको लागि तयारी तीव्र पारिरहेकै बेलामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।

पावर शेयररिङबारे छलफल भइरहँदा सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातीमा सामान्य सङ्क्रमण देखिएको हो। संक्रमणपछि उपचारको लागि मंगबलार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो।

उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न छ। सङ्क्रमण बढ्ने भन्दै नेता नेपालले भेटघाट बन्द गरेको सचिवालयले जनाएको छ।

यता नेपाली कांग्रेसले भने संसदीय दलको निर्वाचन लगतै सत्ता गठबन्धनमा छलफल तीव्र बनाउने बताएको छ। भोलि उसले दलको नेता छान्दैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved