जनताले स्वतन्त्रलाई रोज्न थाले, दल सच्चिन आवश्यक छः पृथ्वी सुब्बा गुरुङ

जनताले स्वतन्त्रलाई रोज्न थाले, दल सच्चिन आवश्यक छः पृथ्वी सुब्बा गुरुङ

लमजुङ । नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव तथा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पृथ्वीसुब्बा गुरुङले गत निर्वाचनको परिणामअनुसार दलभन्दा स्वतन्त्रलाई जनताले रोज्न थालेको देखिएको बताएका छन् । उनले अब राजनीतिक दलहरू सचिन आश्वयक देखिएको बताए ।

बेँसीसहर नगरपालिका–३ काउलेपानीमा शुक्रबार आयोजित नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको १५औँ साधारणसभा कार्यक्रममा उनले भने, ‘जनतामा दलहरू पार्टीको सिद्धान्तअनुसार चल्न सकेनन् भन्ने गुनासो बढ्दै गएको छ ।’

उनले कुनै दल वा स्वार्थको पक्षमा नभई पत्रकारले सत्य र तथ्यका आधारमा काम गर्नुपर्नेमा उनले जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved