काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरेको छ । आयोगले प्रतिनिधिसभाको ११० सिटका साथै सात वटै प्रदेशका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरेको हो ।
मंसिर ४ मा सम्पन्न निर्वाचनबाट ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेको आयोगले बुधबार मतपरिणाममार्फत् सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने प्रावधान रहेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा थ्रेस होल्डसम्बन्धी व्यवस्था भएअनुसार ७ दलको प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्व रहेको हो । यस्तै प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
आयोगका अनुसार प्रदेश नं. १ मा ६, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ ।
प्रदेश सभातर्फका समानुपातिक सांसदको सूची तलको लिंक क्लिक गरेर हेर्नु्होस्
- समानुपातिक निर्वाचन प्रणाली तर्फको प्रदेश नं. १ प्रदेश सभामा निर्वाचित सदस्यहरुको विवरण
- समानुपातिक निर्वाचन प्रणाली तर्फको मधेश प्रदेश सभामा निर्वाचित सदस्यहरुको विवरण
- समानुपातिक निर्वाचन प्रणाली तर्फको बागमती प्रदेश सभामा निर्वाचित सदस्यहरुको विवरण
- समानुपातिक निर्वाचन प्रणाली तर्फको गण्डकी प्रदेश सभामा निर्वाचित सदस्यहरुको विवरण
- समानुपातिक निर्वाचन प्रणाली तर्फको लुम्बिनी प्रदेश सभामा निर्वाचित सदस्यहरुको विवरण
- समानुपातिक निर्वाचन प्रणाली तर्फको कर्णाली प्रदेश सभामा निर्वाचित सदस्यहरुको विवरण
- समानुपातिक निर्वाचन प्रणाली तर्फको सुदुरपश्चिम प्रदेश सभामा निर्वाचित सदस्यहरुको विवरण