निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले पाए अवकास

नेपालभ्युज

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले पाए अवकास

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मंगलबारदेखि अवकाश पाएका छन्। जबराले  आजदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशले ६५ वर्ष पुगेपछि अवकाश पाउने संवैधानिक व्यवस्था बमोजिम उनले अनिवार्य अवकाश पाएका हुन् ।

गत फागुन १ गते  महाअभियोग लगाउन  संसदमा प्रस्ताव दर्ता  भएपछि उनी निलम्बनमा परेका थिए। महाअभियोग छानविन  समितिले असोज १ गते महाअभियोग लगाउन सिफारिस गरेको थियो।

मंसिर २१ गते संसद सचिवालयका महासचिव भरत गौतमले उनको महाअभियोग निष्क्रिय भएको र निलम्बन फुकुवा गर्न पत्र लेखेका थिए। उक्त पत्र रद्द रिट परेपछि संवैधानिक इजलासले पत्र कार्यान्वयन नगर्न आदेश दिएसँगै उनको  प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालत फर्किने योजना चकनाचुर भएको थियो ।

अहिले कायममुकायम प्रधानन्यायाधीशले हरिकृष्ण कार्कीले न्यायालयको नेतृत्व  समालिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved